+
+

आमसभामा आउँदै गरेका नयाँशक्तिका कार्यकर्ताको ट्रयाक्टरबाट खसेर मृत्यु

राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ वैशाख २५ गते १४:०८

२५ वैशाख, चितवन । चितवनको टिकौली जंगलमा ट्रयाक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ । नयाँ शक्ति नेपालको आमसभामा भाग लिन भरतपुरतर्फ आउँदै गरेका कार्यकर्ता चढेको ट्रयाक्टरबाट खसेर एक पुरुषको मृत्यु भएको हो ।

accidentमृतकको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक बसन्त कुँवरले जानकारी दिए । सो ट्रयाक्टर विहान नयाँशक्तिका कार्यकर्ता बोकेर रत्ननगरको सालघारीबाट आउँदै थियो ।

शनिबार चितवनको भरतपुरस्थित विरेन्द्र बहुमुखी क्याम्पसमा नयाँशक्ति नेपालको आमसभा छ । आमसभामा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, नेता मुमाराम खनाल, बलावती शर्मा लगायतले सम्बोधन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?