Comments Add Comment

विमानस्थल र वैदेशिक रोजगार विभागको कार्यालयमा प्रहरीको छापा

पहिलोपटक विदेश जान लागेकालाई रि-इन्ट्रीको स्वीकृति, ४ जना पक्राउ

२७ वैशाख । पहिलो पटक विदेश जान लागेकाहरुलाई ‘रि-इन्ट्री’को स्वीकृति दिएको भन्दै नेपाल प्रहरीको अपराध महाशाखाले वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय र त्रिभुवन विमानस्थलमा छापा मारेको छ । महाशाखाले केही ट्राभल एजेन्सीहरूमा समेत छापा मारेर चार जनालाई पक्राउ गरेको छ ।
Baideshik-Rojgar-Bivag
रि-इन्ट्रीको स्टिकर मिलाइदिने धन्दामा संलग्न रहेको आरोपमा श्रम विभागका पूर्वकर्मचारी र ट्राभल एजेन्सी सन्चालक गरी चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पहिलो पटक वैदेशिक रोजगारमा जान लागेकाहरुलाई रि-इन्ट्रीको स्टिकर दिइएको, र व्यक्तिगत रुपमा रोजगारको लागि ओमान जान लागेकोलाई पनि श्रम स्वीकृत दिएको भेटिएपछि विभागमै छापा मारिएको महाशाखाका एसएसपी सवेन्द्र खनालले बताए ।

हिमालय रेडपाण्डा टुर्स एण्ड ट्राभल, इन्टरनेश्नल ट्रेड लिंक म्यानपावर, सिटि टुर एण्ड ट्राभल लगाएतका ट्राभल एजेन्सीमा पनि प्रहरीले छापा मारेको छ ।

ति ट्राभल एजेन्सीहरुले विदेश जान खोज्नेहरुलाई रि-इन्ट्रीको स्टिकर टाँसिदिनेदेखि होलोग्राम बनाइदिनेसम्मको धन्दा गरेको भेटिएपछि छापा मारिएको एसएसपी खनालले बताए ।

श्रम विभागबाट कार्वाहीमा परेर जागिर छाडेका कर्मचारी सुशील शाक्य, ट्राभल एजेन्सी संचालकहरु अमृत ढकाल, राजेश ढकाल र फडिन्द्र तामाङलाई पनि महाशाखाको टोलीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment