+
+

सरकारले संघ संस्थाको वर्गीकरण गर्ने

रासस रासस
२०७३ असार १ गते १७:५५

१ असार, काठमाडौं । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले सामाजिक सेवाका उद्देश्यले खोलिएका सरकारी, गैरसरकारी संघ संस्थाको श्रेणी वर्गिकरणको तयारी भइरहेको बताएका छन् ।

CP-Mainali
बुधबार कृष्णलक्ष्मी लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानले स्वर्गीय लक्ष्मी श्रेष्ठको पाँचौँ स्मृति दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा उनले खोलिएकामध्ये धेरै संस्था सक्रिय नभएकाले वर्गिकरणमा छुट्टयाउन लागिएको बताए ।

उनले भने, ‘सामाजिक सेवा भावले खोलिएका ४५ हजार भन्दा बढी सङ्घसंस्थामध्ये सबैले आफ्नो उद्देश्यअनुसार काम नगरेकाले काम गर्ने संस्था ओझेलमा परेकाले वर्गिकरण गर्ने तयारी गर्न लागिएको हो ।’

विभिन्न देशका जनताको पसिनाद्वारा आएको पैसाको उचित र सही स्थानमा सदुपयोग होस् भन्नेमा आफू रहेको उनको भनाइ थियो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले विभिन्न सङ्घसङस्था खोली राम्रो काम गरिरहेकालाई हतोत्साहित गर्ने परम्परालाई तोड्नुपर्ने विचार राखे ।

उनले राम्रो काम गर्नेलाई सकारात्मक रुपमा हेर्नुपर्ने र सामाजिक क्रियाकलापलाई अगाडि बढाउनेलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफ्ना मान्यजनका नाममा खोलिएका सङ्घसंस्थाले समाजको विकासमा राम्रो काम गरिरहेकाले यस्ता संस्थालाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले नेपालमा सामाजिक काम गर्ने उद्देश्यले स्थापित सबै सङघसंस्थाले आफ्नो काम गर्ने हो भने विकासले गति लिने र सरकारको कामलाई ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

संस्थाका अध्यक्ष रोशन श्रेष्ठले आफूहरुले विभिन्न सामाजिक काम गरिरहेको बताउँदै विज्ञान, कला, साहित्य, सङ्गीत, संस्कृति, शिक्षा, स्वास्थ्य, कृषि, नागरिक उड्डयन र खेलकुदलाई प्राथमिकतामा राखी यस क्षेत्रमा प्रतिभा देखाउने व्यक्तिलाई प्रोत्साहन गर्ने जानकारी दिए ।

कार्यक्रममा आजीवन र साधारण सदस्यता लिने व्यक्तिलाई मन्त्री मैनालीले प्रमाणपत्र वितरण गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?