+
+

सारी लगाउन गाह्रो भयो राजेशलाई, यसरि छोयो तीजले

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २० गते ११:३५

rajesh hamal in teej geet
नेपाली चलचित्र चल्न कुनै समय नायक राजेश हमालको टाउकोमात्र पोष्टरमा राखे पुग्थ्यो । हमालको टाउको पोष्टरमा राख्नकै लागि निर्माताले चर्को रकम तिरेका थिए । तर, अब समय बदलियो । कथावस्तु र प्रस्तुतीमा फरकपना आएपछि हमाल पर्दा बाहिर सुपरस्टार बने, तर पर्दामा उनको क्रेज हराउँदै गयो ।

आफ्नो करिअर बचाउन नायक हमाल अब नयाँ अस्त्रहरु रचिरहेका छन् । चलचित्र ‘शकुन्तला’ नायक हमालका लागि एउटा यस्तै अस्त्र हो । निर्देशक दीनेश श्रेष्ठले पहिलो पटक हमाललाई नारी अवतारमा उतारेका छन् ।

भदौ ९ गतेबाट चल्ने यो चलचित्रका लागि एउटा तीज गीत खिचिएको छ । जसमा, हमाल रातो सारी, लामो तिलहरि, ओठमा लिपिष्टिक लगाएर नाँचिरहेका छन् । यो तीज गीतको कोरियोग्राफी शंकर वीसीले गरेका हुन् । rajesh hamal and kisor khathiwada
तीजको सेरोफेरोमा रिलिज हुने भएका कारण पनि तीजको गीत समावेश गरिएको निर्देशक श्रेष्ठको भनाई छ । नायक राजेश हमालले सारी लगाउन आफूलाई खुबै गाह्रो भएको बताए । झन्, सारी लगाएर नाच्न झनै गाह्रो भएको उनको वुझाई छ ।

चलचित्रमा किशोर खतिवडा, अनु शाह पनि मुख्य भूमिकामा छन् । तर, अहिले चलचित्रले राजेशको महिला रुपका कारण चर्चा पाइरहेको छ ।

तस्विरः कमल प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?