+
+

कामै नगरी साढे ७ करोड निकासा

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ७ गते ६:५६

nepali_rupees७ साउन, काठमाडौं । जिल्ला शिक्षा कार्यालय जाजरकोटले भौतिक पूर्वाधारतर्फको करिब साढे ३ करोड रुपैयाँ काम सम्पन्न नगरी विद्यालयको खातामा निकासा गरेको खुलासा भएको छ ।

विद्यालयको खातामा निकास गरे पनि रकम भुक्तानी नदिएर खाता होल्ड (रोक्का) गरेको पाइएको छ ।

भौतिक पूर्वाधारको कार्यक्रम परेका ९० मध्ये ५५ ओटा विद्यालयले असार मसान्तसम्म काम नसकेपछि बजेट फि्रज नगराउन यस्तो कदम चालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालय भवन अन्तर्गत आठकोठे चारवटा, ६ कोठे चारवटा लगायतका नौवटा विद्यालयले आव ०७२/७३ भित्रै सकनुपर्ने काम नसकेका आजको राजधानी दैनिकमा समाचार छ ।

तर , ती सबै विद्यालयलको खातामा रक निकास गरिएको कार्यालय स्रोतले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालकायका अनुसार क्रमागत चारकोठे भवनका लायिग कुल ३२ लाखमध्ये पहिलो वर्ष १८ लाखका दरले चारवटा विद्यालयलाई १ करोड २६ लाख रुपैयाँ खातामा भुक्तानी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?