१६ साउन, काठमाडौं । इन्टरनेशनल च्याम्पियन कपमा बार्सिलोनाले सेल्टिकलाई पराजित गरेको छ ।
प्रि सिजन टुरमा रहेको बार्सिलोनाले सेल्टिकलाई ३-१ ले हराएको हो । बार्सिलोनाले ११ औं मिनेटमा नै टुरानको गोलबाट अग्रता लिएको थियो । २९ औं मिनेटमा सल्टिकले बराबरी गोल फर्कायो । तर, दुई मिनेटपछि नै एम्ब्रोसले आत्माघाती गोल गरे ।
खेलको ४० औं मिनेटमा मुनिरले गोल गरे र बार्सिलोना ३-१ ले विजयी भएको छ । बार्सिलोनाको टिममा जेरार्ड पिके, आन्द्रे इनिस्टा जस्ता खेलाडी थिएनन् ।
तर, प्रशिक्षक लुइज इनरिकेले लिओनल मेस्सी र लुइस स्वरेजलाई खेलाएका कारण दर्शकहरु खासै निराश हुनु परेन ।
प्रतिक्रिया 4