+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सत्ता परिवर्तनमा भारतको भूमिका अनावश्यक चर्चाः भट्टराई

रासस रासस
२०७३ साउन १७ गते १७:५५

Baburam-Bhattarai

१७ साउन, तुलसीपुर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन् ।

रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा  भट्टराईले नेपालको सत्ता परिवर्तनमा सधैं भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गरे ।  नेपालको आन्तरिक मामिलाको हल यहीका दलले गर्नुपर्ने बताउँदै उहाँले बाहिरी हस्तक्षेप भने स्वीकार्य नहुने धारणा राखे ।

सत्ता परिवर्तन नेपालकै राजनीतिक दल र शासकीय प्रणालीका कमजोरीका कारण हुने गरेको उनको  भनाइ रहेको छ ।

 भट्टराइले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक संसद् नहुँदासम्म देशमा राजनीतिक अस्थिरता कायम रहने धारणा राखे ।

बर्सेनि भारतले बनाएका बाँधले नेपालको तराई मधेस डुबानमा परे पनि कहिलै पनि भारतसँग सार्थक वार्ता हुन नसकेको उल्लेख गर्दै उनले आरोप मात्रै लगाउने भन्दा समस्या समाधान हुने गरी भारतसँग संवाद गर्न आवश्यक रहेको बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?