+

अतिरिक्त समयमा फेब्रिगासको दुई गोल, चेल्सीले लिसेस्टरलाई हरायो

२०७३ असोज  ५ गते ८:२८ २०७३ असोज ५ गते ८:२८
अतिरिक्त समयमा फेब्रिगासको दुई गोल, चेल्सीले लिसेस्टरलाई हरायो

Cesc Fabregas५ असोज, काठमाडौं । सेस फेब्रिगासले अतिरिक्त समयमा दुई गोल गरेपछि चेल्सीले प्रिमियर लिग च्याम्पियन लिसेस्टर सिटीलाई हराएको छ र, ईएफए कपको चौथो चरणमा पुगेको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले १० खेलाडीमा सिपमत लिसेस्टरलाई ४-२ गोल अन्तरले हराएको हो । चेल्सीको जितमा फेबि्रगास नायक बने । खेल २-२ को बराबरीमा रहेको अवस्थामा उनले ९२ औं र ९४ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् ।

त्यसअघि खेलमा लिसेस्टरले ओकाजाकीको गोलबाट अग्रता लिएको थियो । १७ औं मिनेटमा पहिलो गोल गरेका उनले ३४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका काहिलले गोल गरेपछि लिसेस्टरको अग्रता २-१ मा झर्‍यो । दोस्रो हाफको ४९औं मिनेटमा नै चेल्सीले बराबरी गोल फर्कायो । तर, निर्धारित ९० मिनेटका खेलमा दुबैतर्फबाट गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

चेल्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय