१२ असोज, मोरङ । मोरङको इटहरा–७ स्थित सरस्वती उच्च माविबाट गएराति एक लाख ३० हजार रुपैयाँ चोरी भएको छ ।
विद्यालयका विद्यार्थीको रजिस्ट्रेसन शुल्क र निजी शिक्षक तथा कर्मचारीको तलबबापत राखिएको रकम चोरी भएको हो ।
विद्यालयको स्टिल दराज फोडेर त्यहाँभित्र राखिएको रकम चोरी भएको इटहरा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सीताराम भण्डारीले जानकारी दिए । रकम चोरी भएको घटनाबारे अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4