९ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्तावको पक्षमा ११ दलका युवा संगठनहरुले नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।
एमाले, माओवादी केन्द्रसहित ११ युवा संगठनहरुले मंगलबार संसद भवन अगाडि ‘युवा दबाव सभा’ गर्दै कार्कीलाई महाअभियोग लगाएर हटाउन माग गरे ।
युवाहरुले ‘लोकतन्त्र कि लोकमान तन्त्र’ ? ‘विधिको शासन कायम गर,’ ‘लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेका थिए ।
अख्तियार प्रमुख कार्कीले बिधिको शासनलाई लत्याएको र तानाशाह बन्न खोजेको भन्दै उनलाई महाअभियोगबाट हटाउनुपर्ने युवाहरुको माग छ ।
प्रदर्शनमा वाइसिएल, युवासंघ, प्रगतिशिल युवा संघ नेपाल, अखिल नेपाल युवक संघ, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, राष्ट्रिय युवा अभियान, समाजवादी युवा फोरम नेपाल लगायतको संलग्नता थियो ।
तस्वीर: कविन अधिकारी र विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4