+
+

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १० गते ९:४०

१० कात्तिक, लहान । सिरहा, कर्जन्हा–८ स्थित सडकमा गए राति हाइलेक्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

motorcycle-accident-clipartना१ज ५०१० नंको हाइलेक्स गाडीले स७प ५०५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सिरहा, कल्याणपुर कालाबन्जर–५ निवासी १८ वर्षीय शेखरकुमार शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका स्थानीयवासी २१ वर्षीय मुकेशकुमार शर्माको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

यस्तै मङ्गलबार साँझ सिरहा, कृष्णपुर–३ मा पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीयवासी कुमार दासकी पाँचवर्षीया छोरी सुमिताकुमारीको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?