Comments Add Comment

मस्ती टकः जब हसनको प्रेम प्रस्तावलाई ओसिमाले सहजै स्विकार गरिन् (भिडियो कुराकानी)

hasan-oshima-news
चलचित्र ‘रोमियो’को कारणले निर्माता तथा नायक हसनराजा खान र फेसन डिजाइनर ओसिमा बानुलाई निकट बनाइदिएको छ । नेपाली चलचित्रकै पहिलो मुस्लिम नायिका भनेर ओसिमालाई ब्याख्या गरिएको छ ।

चलचित्रको छायांकनका क्रममा अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै यी दुइले प्रेमको व्याख्या गरे । हुनत, हसन र ओसिमाले खुलेरै २ जनाको प्रेम छ भनेनन् । तर, ओसिमा र हसनको कुरा सुन्दा, यी दुई कतै प्रेममा त छैनन् भन्ने आभाष गर्न सकिन्थ्यो ।

हसन र ओसिमासँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


ओसिमालाई हसनले अनलाइनखबरको क्यामेरा अगाडि नै प्रेम प्रस्ताव राखे । ओसिमाले पनि हसनको प्रेमलाई सहजै स्विकार गरिन् । पहिलो पटक चलचित्रमा काम गर्दा आफू अत्यन्तै खुशी भएको भन्दै ओसिमाले हसन नभएको भए यो क्षेत्रमा आफू यति चाडै नआउने बताइन् । हसनले ‘रोमियो’लाई एउटा उत्कृष्ट चलचित्र बनाएर दर्शकमाझ ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment