+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘ड्युटी आवर’मा पार्टीको झण्डा बोक्ने कर्मचारीलाई कारबाही गर्नुपर्छः लालबाबु पण्डित

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १७:०८

lal-babu-pandit

२२ पुस, काठमाडौं । नेकपा एमालेले आयोजना गरेको शक्ति प्रदर्शनमा निजामति कर्मचारी समेत पार्टीको झण्डा बोकेर सहभागी भएका छन् । सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री रहेका लालबाबु पण्डितले कर्मचारीलाई कार्यालय समयपछि समेत अध्ययन अध्यापनमा सहभागि हुन सरकारको स्वीकृत लिनुपर्ने व्यवस्था गरेका थिए ।

तर, तीनै कर्मचारी उनको पार्टीको शक्ति प्रदर्शनमा एमालेको झण्डा बोकेर सहभागी भएका छन् ।

कर्मचारीहरु कार्यालय समयमा दलको झण्डा बोकेर हिँडिरहेको सन्दर्भमा अनलाइनखबरका लागि पुष्प ढुंगानाले एमाले नेता तथा पूर्वसामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई टेलिफोन गरी ‘तपाईले परिकल्पना गरेको सार्वजनिक प्रशासनका कर्मचारी पार्टीको झण्डा बोकेर सडकमा उत्रन्छन् कि उत्रदैनन् ? भनेर सोधेका छन् ।

मेरो बुझाइमा ड्युटी आवरबाहेक उनीहरुलाई राष्ट्रियताको सवालसँग मात्र बाँध्नुपर्छ भन्ने होइन ।

ड्युटी आवरमा कुनै किसिमको छुट दिनु हुँदैन भन्ने मेरो मान्यता हो । ट्रेड युनियन मुभमेन्टमा चाँही ट्रेड युनियनका पदाधिकारीहरुको नियन्त्रण बाहिर गए भने त्यो ट्रेड युनियन कमजोर हुँदैजान्छ । बहुदलीय प्रणालीमा विचारको स्वतन्त्रतालाई बन्देज गर्न सकिदैन । तर, विचारको स्वतन्त्रता पनि अनुशासनभित्र रहनु पर्छ ।

उनीहरु पार्टीको झण्डा बोकेर पार्टीको कार्यक्रममा जान सक्छन् ?

ड्युटी आवरमा पार्टीको झण्डा बोकेर जानु हुँदैन । जान सक्दैनन् ।

विहान ११ बजेदेखि झण्डा बोकेर जुलुसमा हिँडिरहेका छन्, उनीहरुलाई कारबाही गर्नुपर्छ कि पर्दैन ?

उनीहरुले छुट्टी लिएर गएको हुनसक्छन् । त्यस्तो हो भने कारबाही हुन सक्दैन । विदामा रहँदा उनीहरुको नीजि जीवन हुन्छ । विदा लिएर गएका हुन् कि काम नगरेर हिँडेका हुन् बुझ्नुपर्छ ।

कुनै पार्टीको कार्यक्रममा त्यो पार्टी निकटका कर्मचारीले विदा लिएर आन्दोलनमा जाने ?

त्यो विदा दिनु हुन्छ कि हुँदैन भन्ने कुरा विदा दिने अधिकारीको अधिकार र जिम्मेवारीभित्रको कुरा हो ।

ड्युटी आवरमै दलको झण्डा बोकेका छन्, अब के गर्ने ?

जसले ड्युटी छोडेर गएका छन् । उनीहरुलाई कारबाही गर्नुपर्छ ।

निजामती सेवा ऐनको आचरण सम्वन्धी महल अनुसार बर्खास्त गर्न सकिन्छ ?

जुन कर्मचारीले गल्ती गरिरहेको छ, त्यो अधिकारीले कुन स्तरको गल्ती गरेको हो र कारबाही गर्ने अधिकारीले कसरी प्रस्ताव अघि सार्छ त्यसमा भर पर्ने कुरा हो ।

मेरो मान्यता के भने ड्युटी आवरमा तोकिएको ड्युटी पुरा गर्नुपर्छ । अन्यथा कानुनले तोके अनुसारको कारबाहीबाट छुट दिनुहुँदैन । यदि विदा लिएको छ भने त्यो उसको निजी समय हुन्छ । कि उसको विदा अस्वीकार गरेर काममा फर्कन आहृवान गरेको हुनुपर्‍यो । होइन भने आज मेरो जुलुसमा जाने भनेर सरकारी कर्मचारीको ड्युटी हुँदैन ।

सामान्य प्रशासन मन्त्रालयले आचरण विपरितको काम भयो भनेर कारबाही अगाडि बढाउँदा तपाईको समर्थन हुन्छ ?

आचरणमा आँच पुग्ने काम ड्युटी आवरमा भएको छ भने कार्यालय प्रमुखले कारबाही गर्न सक्छ । त्यस्तो कुरामा कारबाही गर्न हुँदैन भनेर विवादमा जान हुँदैन ।

तपाइको समर्थन हुन्छ ?

दन्ड गर्नुपर्ने कुरामा कुनै पनि हालतमा पछि हट्नु हुँदैन, अपराधपूर्ण काम गरेका छन् भने अपराधीलाई उन्मुक्ति दिनुपर्छ भन्ने मान्यतामा म कहिल्यै रहेको छैन र रहन्न पनि ।

यो समाचार पनि पढ्नुहोस् 

कार्यालयको कामै छाडेर सरकारी कर्मचारी एमालेको जुलुसमा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?