+
+

पत्रिकाले बतायो छोरो पाउने उपाय

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ६ गते ११:३१

छोरा जन्माउनका लागि लोग्ने स्वास्नीले के गर्नुपर्छ ? भारतको एउटा पत्रिकाले छोरो पाउने काइदा सुझाएको छ ।

भारतको केरलामा प्रकाशित हुने मंगलम नामक उक्त पत्रिकाले छोरा जन्माउने उपाय भन्दै विभिन्न टिप्स प्रकाशित गरेसँगै उक्त विषय निकै चर्चा र विवादमा परेको छ ।

उक्त पत्रिकाले आमा हुने तयारीमा रहेका महिलाहरुले छोरा जन्माउनका लागि प्रसस्त खानेकुरा खानुपर्ने र सुत्दाखेरी चाहीँ पश्चिमतर्फ मुख फर्काएर सुत्नुपर्ने भनी सुझाएको छ ।

बच्चाको लिंग पुरुषको शुक्रकिटको रहेको क्रोमोजोमले निर्धारण गर्दछ । तर त्यो वैज्ञानिक तथ्यलाई नजर अन्दाज गर्दै उक्त पत्रिकाले छोरो पाउने घरेलु उपायका रुपमा विभिन्न ६ वटा सल्लाह (टिप्स) प्रकाशित गरेको छ ।

पत्रिकाका अनुसार छोराको आमा बन्ने तयारीमा रहेका महिलाहरुले बिहानको खाजा छाड्नै नहुने र शुक्रकिट बलियो हुने हप्ताका केही बारमात्र सेक्स गर्न समेत सल्लाह दिएको छ । साथै उसले अमिलो खालका खानेकुरा नखान पनि सुभावएको छ ।

तर विज्ञहरुका अनुसार शुक्रकिटको शक्ति कम बढि हुनुले बच्चाको लिंगमा असर गर्दैन । जब महिलाको एक्स क्रोमोजोम पुरुषको वाइ क्रोमोजोमसँग मिल्यो भने छोराको भ्रुण बन्दछ, अन्यथा छोरी । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?