सामन्य अवस्थाका भन्दा समयअघि जन्मिएका बच्चाको स्यहारमा बढी सर्तक हुनुपर्छ । उनीहरुको निन्द्रादेखि समग्र स्वास्थ्यका लागि केयरफुल हुनुपर्छ ।
कतिपय अभिभावक यस्ता बच्चालाई कसरी हेरचाह गर्ने भन्ने कुरामा स्पष्ट हुँदैनन् । यहाँ त्यस्ता बच्चाको स्लीपिङ प्यार्टनको बारेमा केही जानकारी दिइएको छ ।
धेरै निन्द्रा आवश्यक
किन सामन्य बच्चाको तुलनामा समयअघि जन्मिएका बच्चाहरु बढी निदाउँछन् । किनभने अन्य बच्चाको तुलनामा ‘प्रेग्नेन्सी टर्म’का अनुसार उनीहरु केहि समयअघि यस धर्तीमा आएका हुन्छन् ।
उनीहरु पटक पटक निदाउँछन् । केहि समयका लागि ब्युँझन्छन् र पुन निदाइहाल्छन् । एक पटक उनीहरुले प्रेग्नेन्सी टर्म अनुसार आफ्नो निन्द्रा पुरा गरिसक्छन् र सामन्य अवस्थामा र्फकन्छन् ।
रातको समयमा बढी खाना जरुरी
यस किसिमले जन्मिएका बच्चालाई रातको समयमा बढी पोषणको आवश्यक्ता हुन्छ । उनीहरुलाई पहिलो केहि महिना, हरेक तीन घण्टामा खानेकुराको आवश्यक हुन्छ । यदि सहि खानपान मिलेन भने डिहाइड्रेसनको खतरा हुन्छ ।
आरमदायक ओछ्यान
अन्य बच्चालाई जस्तै उनीहरुलाई पनि पींठको बलले सुत्ने अभ्यास गराउनु पर्छ । उनीहरुको ओछ्यान एकदमै आरमदायक हुनुपर्छ । ओछ्याएनमा सुताएको बेला सिरानी, ब्ल्यांकेट, खेलौना हटाइदिनुपर्छ ।
आफ्नै कोठामा तर, अलग ओछ्यान
समयअघि जन्मिएका बच्चाका लागि आफ्नै कोठामा ओछ्याउन बनाइदिनु पर्छ । यद्यपी आफैसँग सुताउनु उपयुक्त हुँदैन । बरु छेवैमा अर्को सानो ओछ्यान बनाएर त्यसैमा सुताइदिनुपर्छ ।
प्रतिक्रिया 4