+
+

‘सुत्नुअघिको सेक्सले लाग्छ मिठो निद्रा’

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १९ गते १०:५२

मिठो निद्राको लागि मानिस अनेक उपाय अपनाउँछन् । कोही सुत्नुअघि प्राणायाम गर्छन्, कोही तातो चिया पिउँछन् त कोही संगीत सुन्छन् ।

तर, अष्ट्रेलियाका एक निद्रा अनुसन्धानकर्ताले फरक उपाय सुझाएका छन् । सिक्यु युनिभर्सिटीकी अनुसन्धानकर्ता डा. मिचेल लास्टेल्लाका अनुसार सुत्नुअघिको सेक्सले मिठो निद्रा लगाउँछ ।

त्यसमा पनि आफ्नी प्यारीसँगको सेक्स र स्खलनले बढि फाइदा पुर्‍याउने उनको भनाई छ ।

‘हाम्रो प्राथमिक अध्ययनमा ६० प्रतिशत व्यक्तिहरुले आफ्नो पार्टनरसँग सेक्स र स्खलनपछि मिठो निद्रा लाग्ने गरेको अनुभव सुनाएका छन्,’ उनले भने ।

अर्कोतर्फ मिठो निद्राले मानिसको यौन जीवनलाई पनि सुन्दर बनाउने अध्ययनको निस्कर्ष छ । ‘आजको रात गहिरो निद्रा लागेको खण्डमा भोलीको रातमा १४ प्रतिशत बढि यौनको भोक जाग्नेछ,’ अध्ययन भन्छन्, ‘यो विशेषगरी महिलाहरुमा झन् बढि लागू हुन्छ ।’

‘एउटा कुरा निश्चित छ, यसबाट यौनसम्बन्ध पीडा महसुस हुँदैन,’ डा. लास्टेल्लाले निस्कर्ष सुनाए ।

एक हजार ५ सय अष्ट्रेलियनमाथि गरिएको एक सर्भेक्षणमा १६ प्रतिशतले हरेक रात सन्तोषजनक वा पर्याप्त सुताईको अनुभव नगरेको बताएका थिए भने २४ प्रतिशतले सातको अधिकांस रातमा थकित र गलित महसुस गर्ने गरेको बताएका थिए । यसैगरी २० प्रतिशतले राति निद्रा पर्न गाह्रो हुने गरेको, ३५ प्रतिशतले बिहान उठ्दा अल्छि लाग्ने गरेको र १९ प्रतिशतले दिउँसो निद्रा लागेर दैनिक गतिविधि प्रभावित हुने गरेको सुनाएका थिए ।

मिठो निद्राका अरु उपायहरु के-के छन् त भन्ने प्रश्नमा डा. लास्टेल्लाले कफिको सेवन कम गर्ने, सुत्नुभन्दा कम्तिमा चार घन्टाअघि रक्सी नपिउने र धुम्रपान नगर्ने सल्लाह दिए ।

‘तपाईंले खाने कुराले पनि निद्राको गुणस्तरलाई प्रभावित पार्छ,’ उनले भने, ‘सुत्नुभन्दा दुईदेखि तीन घन्टा अगाडि पेट खाली राख्नुपर्छ ।’ तर भोकै सुतेको खण्डमा पनि राम्रो निद्रा नपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?