२५ फागुन, काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले अधिकृतका लागि जागिर खुलाएको छ । बैंकले एकैपटक ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त मागेको हो ।
बैंकले आज एक विज्ञापन प्रकाशित गर्दै खुल्लातर्फ २२ , महिला ५, आदिवासी/जनजाति ५, मधेशी ४, दलित २, अपाङ्ग १ र पिछडिएको १ गरी कुल ४० जना अधिकृत माग गरेको हो ।
सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा मुख्य कार्यलयमा आवेदन दर्ता गर्न सकिनेछ । आवेदन दिनका लागि आवेदकले परिक्षा दस्तुरबापत १००० रुपैयाँ र समावेसी समूहका लागि थप ३०० रुपैयाँ थप तिर्नु पर्ने बैंकले जनाएको छ ।
विज्ञापन हेर्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4