भोलि शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘घामपानी’को विशेष प्रदर्शन आज काठमाण्डौको बीग मुभिजमा गरिएको छ । चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकारहरुको उपस्थिती थियो । चलचित्रका मुख्य कलाकार नायक दयाहाङ राइ पनि चलचित्रको शोमा पुगेका थिए ।
संचारकर्मी दीपेन्द्र लामाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रमा दयाको साथमा केकी अधिकारीको मुख्य भूमिका छ । चलचित्रले तामाङ समुदायको यूवा र बाहुन समुदायकी यूवतीविचको प्रेमकथालाइ उठान गरेको छ ।
चलचित्र हेरेपछि अधिकांशले यसलाई मौलिक कथामा बनेको चलचित्र भन्दै प्रशंसा गरेका थिए ।