१५ वैशाख, रुकुम । शुक्रबार दिउँसाे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आठबिसकोट नगरपालिका–१४ पिपलचौरमा ग १ ज २०६ नं.को जीप दुर्घटनामा तीन जनाकाे मृत्यु हुनुका साथै ११ जना घाइते भएका हुन् ।
घटनामा रूकुम चौरजहारी नगरपालिका–८ का एक वर्षीय श्रीजन बुढा र जाजरकोट सक्ला– ७ का २८ वर्षीय कुमबहादुर बस्नेतकाे मृत्यु भएकाे हाे । एक जनाकाे भने परिचय नखुलेकाको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।
आठबिसकोट नगरपालिका– १४ छेपारेबाट सोही ठाउँको चिसापानी जाँदै गरेको जीप दुर्घटना भएको हो । क्षमताभन्दा धेरै यात्रु बोकेको र बाटो साँघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
उन्नाइस यात्रु सवार जीप सडकभन्दा करिब १५० मि तल ठूलोभेरी नदीमा परेको थियो । घाइतेलाई जिल्ला अस्पताल जाजरकोट र केहीलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको बताइएको छ । बेपत्ताको खोजी जारी छ भने जिप चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया 4