+
+

हेटौंडामा बन्ने भयो नयाँ औद्योगिक क्षेत्र

रासस रासस
२०७४ वैशाख २१ गते ९:०४


२१ वैशाख, हेटौंडा । औद्योगिक नगर भनेर चिनिने हेटौँडा उपमहानगरपालिकामा अर्को औद्योगिक क्षेत्र थपिने तयारी भइरहेको छ । हेटौँडा मयूरधापमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि एकसय ३५ हेक्टर क्षेत्रफलमा सरकारले डिपीआर तयार गर्न सुरु गरेको हो ।

हेटौँडा बजारबाट सात किमी दक्षिणमा रहेको साबिक चुरियामाई र पदमपोखरी गाविसको बीचमा पर्ने मयूरधाप क्षेत्रको करिब तीनसय बिगाहा सार्वजनिक जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न प्राविधिक टोलीले सर्भे सुरु गरेको हो । औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गतबर्षको वैशाखमा प्राप्त गरेको जनाइएको छ ।

जार्सा कन्सल्ट्यान्टका प्राविधिक सुदीप कार्कीका अनुसार सर्भेका लागि करिब एक साता लाग्नेछ । तीन दिनदेखि टोलीले हेटौँडाको मयूरधापमा जग्गाको नापजाँचको काम गरिरहेको कार्कीले बताउनुभयो । जग्गाको स्वामित्व, पानी, विद्युत्, टेलिफोन, सडक र औद्योगिक क्षेत्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न प्राविधिक टोली खटाइएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रबन्धक नन्दकिशोर बस्नेतले बताए ।

उनका अनुसार, सरकारको यो निर्णयले तीन दशकपछि औद्योगिक क्षेत्रमा परिवर्तनको सुरुवात भएको छ । गत पुसमा सूचना प्रकाशन गरी हेटौँडाको नयाँ औद्योगिक क्षेत्रमा डिपिआर तयार गर्ने बोलपत्र आह्वान गरेको अध्यक्ष बस्नेतले जानकारी दिए । उनका अनुसार हालको औद्योगिक क्षेत्रमा उद्योगका लागि जग्गाको माग पूरा गर्न नसकेको अवस्थामा नयाँ औद्योगिक क्षेत्र बन्न लागेको हो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?