+
+

ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २१ गते १५:१६

२१ वैशाख, काठमाडौं । चिनियाँ राजदूत यू होङ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहीबार भेटवार्ता भएको छ ।

भेटका क्रममा नेपालमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास चिनले लिएको राजदूत होङले बताए ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा उनले पहिलो चरणको निर्वाचनको मनोनयन सफलतापूर्वक सम्पन्न गराइएको भन्दै नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई बधाई समेत दिएका थिए ।

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनेमा राजदुत विश्वस्त रहेको भेटमा सहभागी एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङले जानकारी दिए ।

राजदुतसँगको भेटमा अध्यक्ष ओलीले पहिलो चरणको निर्वाचन सबै मिलेर सम्पन्न गर्ने र दोस्रो चरणको निर्वाचन पनि बजेट अघि नै गर्ने विषयमा छलफल भइरहेकोे जानकारी गराएका थिए ।

अध्यक्ष ओली र राजदुत होङबीच द्धिपक्षीय हितका विविध विषयमा पनि कुराकानी भएको थियो ।

राजदूत होङले संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव कसरी अघि बढ्छ भन्ने चासो पनि व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?