+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कास्कीको रुपा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ जेठ ३ गते ११:३७

३ जेठ, पोखरा । कास्कीको रुपा गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका नवराज ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशमोहन खनाललाई ९ सय ३७ मतले पछि पार्दै ओझा गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । विजयी ओझाले ४ हजार २ सय १२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेका लालसुबा गुरुङ ३ हजार ९ सय ४५ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गिमाया गुरुङले ३ हजार ४ सय ५६ मत प्राप्त गरिन् ।

रुपा गाउँपालिकामा नेकपा एमालेले ४ वटा वडामा प्यानल जितेको छ भने कांग्रेसले एउटा वडामा प्यानल र दुइटा वडामा वडाध्यक्ष जितेको छ ।

रुपा गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा दीपककुमार आलेसहित कांग्रेसले प्यानल जितेको छ । विजयी आलेले ५ सय ९१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका सोमबहादुर सुनारी रानाले ३ सय ८ मत प्राप्त गरे । महिला सदस्यमा कांग्रेसका सरस्वती श्रेष्ठ, दलित महिला सदस्यमा अरुणा विक तथा खुला सदस्यमा गणेशकुमार श्रेष्ठ र रामबहादुर गोदार विजयी भए ।

वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसका हरिकृष्ण ओझा विजयी भए भने अन्य सबै सदस्य एमालेका विजयी भए । विजयी ओझाले ३ सय ४१ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीकृष्ण सुबेदीले ३ सय २२ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेकी अनिता राना, दलित महिला सदस्यमा एमालेकै हिताकुमारी रुपाखेती सार्की तथा खुला सदस्यमा एमालेका नन्दलाल ओझा र बद्रीनाथ ओझा विजयी भए ।

वडा नम्बर ३ को वडाध्यक्षमा रामजी अधिकारीसहितको एमालेको प्यानल बिजयी भएको छ । विजयी अधिकारीले ३ सय २९ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कृष्णबहादुर केसीले २ सय ८६ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका मञ्जु केसी र दलित महिला सदस्यमा सनिसरा विक तथा खुला सदस्यमा एमालेकै भगवती शाही र रुपबहादुर माल थापा विजयी भए ।

वडा नम्बर ४ को वडाध्यक्षमा मुकुन्दबहादुर वंशीसहित एमालेको प्यानल विजयी भएको छ । विजयी वंशीले ५ सय १३ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्रबहादुर सेन ठकुरीले ३ सय ७ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका विजयाकुमारी राना, दलित महिला सदस्यमा माया विक तथा खुला सदस्यमा मधुमाया शाही र रविन्द्र ठकुरी विजयी भए ।

वडा नम्बर ५ को वडाध्यक्षमा टेकबहादुर गुरुङसहित एमालेको प्यानल बिजयी भएको छ । विजयी गुरुङले ५ सय ५९ र निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनराज गुरुङले ४ सय ७७ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका राधा बसौला, दलित महिला सदस्यमा मेलिना नेपाली तथा खुल्ला सदस्यमा दामोदर घिमिरे र राजन खनाल विजयी भए ।

वडा नम्बर ६ को वडाध्यक्षमा नारायण गुरुङसहित एमालेको प्यानल बिजयी भएको छ । विजयी गुरुङले ८ सय १० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम गुरुङले ६ सय ९१ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका बुद्धिमाया गुरुङ, दलित महिला सदस्यमा सरिता सुनार तथा खुल्ला सदस्यमा शखुरदिन मिया र हर्कबहादुर गुरुङ विजयी भए ।

वडा नम्बर ७ मा कांग्रेसका दयासागर सुबेदी वडाध्यक्षमा निर्वाचित भएका छन् । विजयी सुवेदीले ८ सय ३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कालिदास सुबेदीले ७८८ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी सपना सुवेदी, दलित महिला सदस्यमा आइतीमाया सुवेदी तथा खुल्ला सदस्यमा कांग्रेसका मोतीकुमार श्रेष्ठ र एमालेका रामजीप्रसाद पौडेल विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?