+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मतगणना विवाद: निर्वाचन आयोगको केन्द्रीय प्रतिनिधि पोखरा झिकाउने तयारी, आज सर्वदलीय बैठक

सहमतिमा मतगणना गर्ने सर्तमा कांग्रेस सांसदले धर्ना तोडे

सन्देश श्रेष्ठ सन्देश श्रेष्ठ
२०७४ जेठ ८ गते ६:४६
विवाद बढेपछि मतगणना स्थलमा केहीबेर तनाव सिर्जना भएको थियो ।

८ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सहमतिमा मात्रै अघि बढ्ने भएको छ । निर्वाचन आयोगको निर्देशनमा जिल्ला निर्वाचन कार्यालयले आइतबार मतगणना अघि बढाउने प्रयास गरेपनि असफल भएपछि सहमति भएपछि मात्रै मतगणना हुने भएको हो ।

माथीको आदेश भन्दै निर्वाचन कार्यालयले मतगणना शुरु गर्ने प्रयास गरेको थियो । उसले निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ मा केही चाक्लो स्वस्तिक छाप लागेको मतपत्र सदर भएको र दुई वटा हस्ताक्षर मतदान अधिकृतकै भएकाले स्वस्तिक छाप केही चाक्लो हुँदैमा मतगणना रोक्नुपर्ने कारण नदेखिएको भन्दै मतगणनाका लागि प्रतिनिधि पठाउन दलका उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वारहरुलाई आग्रह गरेको थियो ।

तर कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम र नयाँशक्ती पार्टीहरुले चाक्लो स्वस्तिक छापको मुचुल्का देखाउनुपर्ने अन्यथा मतगणना बहिस्कार गर्ने बताए । निर्वाचन कार्यालयले मुचुल्काबारे मौन बस्दै मतगणना अघि बढाउने तयारी गरेपछि कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णलाई मतगणना बहिस्कार गर्ने ज्ञापन पत्र बुझाउनुका साथै २ कांग्रेस सांसदहरु यज्ञबहादुर थापा र शारदा पौडेल मतगणना स्थलमै धर्नामा बसेका थिए ।

दलहरुको बहिस्कार र सांसदहरुको धर्नाका कारण मतगणना अगाडि बढाउन नसकेपछि मुख्य निर्वाचन अधिकृत कर्णले राती करीब १२ बजे सहमतिमा मात्र मतगणना गर्ने भन्दै धर्ना तोड्न लगाएका थिए ।

सहमति अनुसार आज दिउँसो सर्वदलीय बैठक बस्दैछ । बैठकमा निर्वाचन आयोगबाट एकजना प्रतिनिधि आउने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?