+
+
Shares

ईक्वेटेरियल गेनियामा एनआरएनएको नयाँ नेतृत्व, अध्यक्षमा सेढाई निर्वाचित

विजय थापा विजय थापा
२०७४ साउन ४ गते ११:४६

१९ जुलार्इ र्इक्वेटरियल ।  मध्यपश्चिम अफ्रिका महादेशको ईक्वेटरियल गेनियामा रहेको बाटा शहरमा गैरआवासीय नेपाली संघ ईक्वेटरियल गेनियामा राष्ट्रिय समन्वय परिषदको प्रथम महाधिबेशन संम्पन्न भएको छ ।

यस महाधिवेशनले कृष्ण चन्द्र सेढाईको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति दुई वर्षको लागि निर्विरोध चयन गरेको छ ।

त्यसैगरी उक्त नयाँ कार्यसमितिमा, उपाध्यक्ष कमल गौतम, सचिव बिष्णु हरी सेढाई, कोषाध्यक्ष राज कुमार के.सी.,सदस्यहरु सुमन बि.क., मानबहादुर कार्की लवकुमार थपलिया, दुतराज लामा र अनिस ल्वागुण निर्विरोध चयन भएका हुन् ।

महाधिबेशनले निवर्तमान अध्यक्ष सन्तबहादुर बिष्टलाई गैरआवासीय नेपााली संघ अन्तराष्ट्रिय समन्वय परिषदमा ईक्वेटरियल गेनियाको प्रतिनिधित्व गर्ने जिम्मेवारी प्रदान गरेको छ ।

कार्यक्रममा मालाबो तथा बाटा शहरमा बसोबास गरिरहेका नेपालीहरुको उपस्थिति थियो । गैरआवासीय नेपाली संघ ईक्वेटरियल गेनिया राष्ट्रिय समन्वय परिषदको स्थापना करिब एक बर्ष अगाडि २०१६ मार्चमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको ७३ औं शाखाको रुपमा भएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक किशोर शाहले नवनिर्वाचित सदस्यहरुको घोषणा गर्दै निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

साथै उनले नवनिर्वाचित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाइएका थिए । चुनावी प्रकृयाको पर्यवेक्षणका लागि सुनिल वि.क.लाई मनोनित गरिएको छ ।

कार्यक्रमको समापत गर्दै नव निर्वाचित अध्यक्ष कृष्णचन्ऽ सेढाईले कार्यक्रममा उपस्थित भएर सहयोग गर्ने सबैलाई धन्यबाद दिदै आगामी दिनहरुमा गैरआवासीय नेपाली संघको उद्देश्यहरु प्राप्तिका लागि सबैजना एकजुट भएर अघि बढनुपर्ने विचार ब्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?