
३२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको तथ्यपरक वितरण तत्काल संकलन गर्न सरकारसँग माग गरेको छ । एमालेले बाढी पहिरो प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न पनि माग गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण तत्काल संकलन गर्न माग गरेका हुन् । बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा अध्यक्ष ओलीले पीडितको राहत, उद्धार र पुनःस्थापनाको काममा सरकारलाई गम्भीर हुन आग्रह गरे ।
एमालेले प्रभावित क्षेत्रका जनतालाई तत्काल १ लाखका दरले राहत उपलब्ध गराउन, ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति स्वरुप पाँच लाख दिनुपर्ने, पीडित परिवारलाई आवास निर्माणका लागि तत्काल ३ लाख अनुदान र ३ लाख निर्व्याजी ऋण उपलब्ध गराउन पनि एमालेले सरकारलाई सचेत गराएको छ ।
प्रतिक्रिया 4