
८ भदौ, नयाँदिल्ली । भारतले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ठूलो परियोजनामा सहयोग घोषणा गर्न इच्छा व्यक्त गरेको छ ।
देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । हैदराबाद हाउसमा ३० मिनेट सहयोगीरहित ‘वान टु वान’ वार्तापछि दुई देशको प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ ।
लगत्तै दुई देशबीच दुई देशबीच सात वटा सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर हुने अधिकारीहरुले बताएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्रकिरणका कार्यकारी अधिकृत गोविन्द पोखरेलका अनुसार पुनर्निर्माणसम्बन्धी ४ वटामा एमओयूमा हस्ताक्षर हुनेछ । भारतले हाउजिङमा १ विलियन, स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदामा ५० विलियनका दरले १५० विलियन गरी कुल २५० विलियन अर्थात २ खर्ब २० अर्ब सहयोग गर्नेछ ।
साथै भारतले एउटा ठूलो परियोजनामा सहयोगको घोषणा गर्न खोजेको छ । ‘नेपाली पक्षसँग यसबारे कुरो हुँदैछ,’ भ्रमण टोलीमा सहभागी एक अधिकारीले भने ।
दुई देशको बैठकमा पञ्चेश्वर परियोजनाका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र नेपाली सीमासम्म रेलवे निर्माणबारे पनि छलफल हुनेछ । ्
प्रतिक्रिया 4