+
+
Shares

लडेर घाइते भए नारायणकाजी, घरदैलो गर्न सकेनन्

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक २२ गते ९:१७


२२ कात्तिक, बारपाक (गोरखा) । माओवादी केन्द्रका नेता तथा गोरखा-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् ।

सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लडेका थिए । उनको दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ ।

सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् । बारपाकमा अहिले सुरु भएको चुनावी सभाका क्रममा पनि उनी गाडीमै कार्यक्रम स्थलसम्म पुगेका थिए । पैदल यात्रा गर्दै स्थानीय बासिन्दासँग भेटघाट गर्न पाएनन्, उनले ।

घाइते नभएको भए बुधबार दिनभर विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकका घर-घरमा पुग्ने उनको योजना थियो । उक्त योजना स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?