३० कात्तिक, काठमाडौ । नेपालका महिलाहरुको औसत प्रजनन दर २.३ प्रतिशत रहेको एक सर्वेक्षणले देखाएको छ ।
स्वास्थ्य क्षेत्रमा हरेक पाँच वर्षमा गरिने नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण (डीएचएस) ०१६ ले नेपालमा महिलाको प्रजनन २.३ मा झरेको देखाएको हो ।
सन् १९९६ मा यो दर ४.६ मा रहेकोमा २० वर्षमा यो दर घटेर २.३ मा सिमित भएको हो ।
प्रजनन दर विभिन्न प्रदेश तथा ठाँउ अनुसार फरक रहेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षण अनुसार प्रदेश नम्बर ३ मा महिलाहरुको प्रजनन दर सबैभन्दा कम अर्थात १.८ रहेको पाइएको छ भने प्रदेश नम्बर २ मा प्रजनन दर सबैभन्दा बढी अर्थात ३.० रहेकेा पाइएको छ ।
महिलाको शैक्षिक स्तर तथा आर्थिक स्तर अनुसार प्रजनन दर पनि फरक भएको सर्वेक्षणले जनाएको छ ।
सर्वेक्षण अनुसार नेपालमा कुनै शिक्षा हासिल नगरेका बच्चाहरुले एसएलसी वा सो सरहभन्दा माथि शिक्षा हासिल गरेका महिलाको अनुपातमा १.५ प्रतिशत बढी बच्चा जन्माउने गरेको पाइएको छ ।
त्यस्तै, न्यून आर्थिक स्तर भएको महिलाहरुले ३.२ प्रतिशत बच्चा जन्माउने गरेकोमा सम्पन्न घर परिवारमा बसोबास गर्ने महिलाले १.६ प्रतिशत मात्र बच्चा जन्माउने गरेको पाइएको छ ।
कुन प्रदेशमा कति प्रजनन दर
प्रदेश प्रजनन दर
प्रदेश-१ २.३
प्रदेश-२ ३.०
प्रदेश-३ १.८
प्रदेश-४ २.०
प्रदेश-५ २.४
प्रदेश-६ २.८
प्रदेश-७ २.२
प्रतिक्रिया 4