Comments Add Comment

रुकुम पश्चिमका दुई स्थानमा पुनः मतदान

१४ मंसिर, रुकुम । यही मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा शुक्रबार पुनःमतदान भएको छ ।

मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र आठबीसकोट नगरपालिका-११ को नेपाल राष्ट्रिय मावि गत्तसैना मतदानस्थल (ख) मतदान केन्द्रमा पुनःमतदान भएको हो ।

मतदानका क्रममा आइतबार मतपत्रमा तेजाब राखेर मतपेटिकामा खसाल्दा आगलागी भएपछि दुवै ठाउँको मतदान स्थगन गरिएको थियो ।

नेपाल राष्ट्रिय मावि गत्तसैनाको मतदान केन्द्रमा ७५६ मतदाता रहेकामा ३२१ मत खसेको मतदान अधिकृत कर्णबहादुर कुँवरले जानकारी दिए ।

यस्तै रत्न आधारभूत विद्यालय बाँफीकोट-५ को मतदान केन्द्रमा ६७२ मतदाता रहेकामा ३९७ मत खसेको यहाँका मतदान अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए ।

बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबीसकोटको मतपेटिकामा ३०३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । फेरि तेजाबलगायत आक्रमण हुन सक्ने जनाउँदै प्रहरीले कडा सुरक्षा दिएको थियो ।

मतदान गर्न जाने मतदातालाई समेत जाँचपछि मात्र मतदानस्थलमा प्रवेश गराइएको मतदान अधिकृतले जनाएका छन् ।

बाँफीकोटको मतदान केन्द्रमा प्रतिनिधिसभाका लागि र आठबीसकोट नगरपालिकामा समानुपातिकका लागि पुनःमतदान भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment