+
+

प्रधानमन्त्रीको गृहजिल्लामा वाम गठबन्धनले खाता खोल्यो

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २३ गते २०:०३

२३ मंसिर, डडेलधुरा । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वाम गठबन्धनले प्रदेशसभाबाट खाता खोलेको छ ।

डडेल्धुराको प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा विजयी भएका छन् । उनले कांग्रेसका रघुबर भट्टलाई २ हजार १६९ मत अन्तरले हराए ।

बोहराले १३ हजार ५ सय ६६ प्राप्त गरे भने कांग्रेसका भट्टले ११ हजार ३ सय ९४ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?