+
+

ओली र प्रचण्ड आपसी समझदारीबाट अध्यक्ष र प्रधानमन्त्री बन्नुहुन्छः भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ३ गते १६:३८

३ पुस, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आपसी समझदारीबाट अध्यक्ष र प्रधानमन्त्री बन्ने बताएका छन् ।

सोमबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले दुई नेतालाई सन्तुलनमा राखेर अघि बढ्ने बताएका हुन् ।

‘एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै नेतालाई आपसी मेलबाट अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिएर सन्तुलनमा राखेर अघि बढ्छौं’, उनले भने, ‘अहिले प्रधानमन्त्रीमा जसको नाम आएको छ, उहाँलाई बधाई तथा शुभकामना दिऔं, दुवै नेताहरुलाइ सन्तुलनमा राखेर हामी अघि बढ्छौं ।’

उनले पार्टी एकता र सरकार गठनबारे दुवै पार्टीका शीर्ष नेताहरुबीच छलफल भइरहेको बताए ।

‘हामी अहिले दुई वटा पार्टीहरुलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री केपी शर्मा ओली बन्ने सम्भावना बढी छ’, रावलले भने, ‘हामी पटकपटक बैठक बसिरहेका छौं, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं, एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी कमिटीलाई समेत समायोजन गरेर जान्छौं ।’

उनले आफूहरु जनताका ईच्छा र आकाङ्क्षा पूरा गर्ने गरी अघि बढ्ने समेत बताए । अबको एउटै उद्देश्य भनेको विकास र समृद्धि भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?