+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रदेश राजधानी माग गर्दै वीरगञ्जमा प्रदर्शन

सुरेश बिडारी सुरेश बिडारी
२०७४ पुष ५ गते १८:२९

५ पुस, वीरगञ्ज । पर्साको वीरगञ्जमा प्रदेश नं. २ को राजधानी माग गर्दै प्रदर्शन गरिएको छ ।

अस्थायी राजधानीको रुपमा जनकपुरलाई अगाडि सारिएदेखिनै वीरगञ्जमा बिरोध भइरहेको छ ।

सामाजिक सञ्जाल र सार्वजनिक मञ्चहरुमा मात्रै सिमित रहेको राजधानीको माग अब सडकमा पुगेको छ ।

बारा, पर्साका कांग्रेस र वाम गठबन्धन निकटका युवाहरुले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउन माग गर्दै बुधबारबाट वीरगञ्जमा संघर्षका कार्यक्रम सुरु गरेका हुन् ।

‘वीरगञ्ज संघर्ष समिति’ नाम दिएर वीरगञ्जलाई प्रदेश नं २ को राजधानी बनाउन दवावमुलक कार्यक्रम सुरु गरिएको एमालेका युवा नेता मनोज चौधरीले जानकारी दिए ।

‘वीरगञ्ज सबै कुराले राजधानीका लागि उपयुक्त छ भन्ने हामीलाई लागेको छ । त्यसैले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनुपर्छ भन्ने हाम्रो माग हो’ चौधरीले भने ‘ त्यसका लागि आजबाट संघर्षका कार्यक्रमहरु सुरु गरेका छौं ।’

हरेक दृष्टिकोणले वीरगञ्ज राजधानीका लागि उपयुक्त भएकोले राजधानी वीरगञ्ज नै हुनुपर्ने माग सहित प्रदर्शन गरिएको तरुण दल बाराका अध्यक्ष लुकेस सिंहले जानकारी दिए । ‘आर्थिक नगरी वीरगञ्जमा राजधानीका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने सामथ्र्य पनि छ ।’ उनले भने ‘ त्यस बाहेक अन्य कुराहरुमा पनि वीरगञ्ज कमजोर छैन । ‘

संघर्षको कार्यक्रम अन्तर्गत बुधबार पहिलो दिन वीरगञ्जमा दबाबमुलक र्‍याली निकालिएको माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ताले बताए ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको दवावमुलक र्‍यालीले वीरगञ्ज महानगरपालिकाको विभिन्न भागको परिक्रमा पछि माइस्थान चोकमा आएर सभामा परिणत भएको थियो ।

आन्दोलनको केन्द्र मात्रै नभएर वीरगञ्ज निर्माणाधिन नीजगढ अन्र्तराष्ट्रिय विमानस्थल र काठमाडौंसँग जोड्ने फाष्ट ट्रयाकबाट पनि नजिक भएकोले राजधानी बन्नुपर्ने तर्क युवाहरुको छ ।

मागको सुनुवाई नभएको खण्डमा थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी वीरगञ्जका युवाहरुले दिएका छन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?