+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सप्तरीमा बढ्दै छन् दिनदहाडै लुटपाटका घटना

एस.के. शान एस.के. शान
२०७४ पुष १९ गते १३:२४

१९ पुस, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाको बनौली निवासी जैतुन खातुन साउदीमा रहेका छोराले पठाइदिएको रकम झिक्न राजविराज आइन् ।

पुस १६ को दिउँसो आएकी उनले छोराले पठाएको ४९ हजार आइएमईबाट झिकेटर दैनिक उपभोग्य सामान किन्न हटिया पसिन् । तर, पसेको केही बेरमै उनको रकम झोलाबाटै एक्कासी गायव भयो । ‘घरको आवश्यक सामग्री किनमेल गरेर घर र्फकने सोचले हटिया छिर्न खोज्दा दुई महिला र एउटी केटीले पछाडी बोकेको ब्यागमा धक्का दिएको जस्तो लाग्यो’ उनले भनिन्, ‘त्यति बेला शंका भएन एकैछिन पछि हेर्दा पैसा झिकेको पाइएको हेरें ।’

जैतुनको रकम लुटिएको एक दिन नबित्दै अर्काे लुटपाटको घटना भयो राजविराजमा । राजविराज नगरपालिका २ का चन्द्रनारायण यादवको साथबाट एक लाख लुटियो,१७ पुसको दिउँसो ।

भारतमा अध्ययन गरिरहेका छोरालाई खर्च पठाउनका निम्ति एसबीआई बैंकमा रकम जम्मा गर्न पुगेका यादवको साथबाट दिउँसै बैंक नजिकबाटै उक्तरकम लुटियो । मोटरसाइकल चढेर आएका लुटेराहरुले गोजीबाट नोटको बन्डल झिक्दै गर्दा हातबाटै खोसेर लुटेराहरु भागेको यादवले बताएका छन् ।

स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको सप्तरी सदरमुकाम राजविराजमा लुटपाटको घटना तीब्र बनेको छ ।

लगातार लुटपाटका घट्ना भइरहेपनि लुटेराहरु पक्राउ परेका छैनन् । यो दुई घटना मात्र होइन लुटपाटका घटना लगातार रुपमा भएको छ जिल्लामा ।

२४ असोजमा हार्डवेयर पसल सञ्चालन गर्नका लागि राजविराज नगरपालिका-९ मलेठ, नहरचोक निवासी मोहमद इजलास मियाँले बैंकबाट निकालेको नौ लाख ५० हजार दिउँसो नै लुटिएको थियो ।

राष्ट्रिय बाणिज्य बैंकबाट रकम झिकेर नजिकैको सनराइज बैंकमा राख्नका लागि छाप बनाउन सप्तकोशी माइक्रोबस स्टेशननिर एउटा पसलमा जाने क्रममा आएको अज्ञात व्यक्तिले ब्यागमा पैसा बोकेका मियाँका छोराको घाँटीमा फोहर दलेर रकम लिई भागेका थिए ।

उपरोक्त दृष्टान्तहरु भने नौलो होइन् । राजविराजमा दिउँसै लुटपाटको घटना बारम्बार हुँदै आएको छ । एक वर्षअघि २२ असोजमा राजविराज-२ निवासी अफरोज आलमको साथबाट एक लाख ७५ हजार लुटिएको थियो ।

प्रहरीले रकम लुट्ने व्यक्तिहरुलाई हालसम्म पक्राउ गर्न सकेको छैन् । प्रहरीले पक्राउ गर्ने जनाएपनि यस्ता लुटेरा पक्राउ पर्न सकेका छैनन् । लुटेरा पक्राउ नपर्दा सर्वसाधारण रकम लुटिने त्रासकाबीच जीवन धान्न बाध्य भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुबकुमार श्रेष्ठले लुटेराहरुको खोजी भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?