२३ पुस, काठमाडाैं । झापाको इलाका प्रहरी कार्यालय, गौरीगञ्जको हिरासतभित्रै एक जना अभियुक्तले आत्महत्या गरेका छन् । गाउँमा झगडा गरेको आरोपमा पक्राउ परेका गौरीगञ्ज–३, सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवले आत्महत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार उनले कार्यालयको शौचालयमा झुण्डिएर आत्महत्या गरेका थिए ।
उनी १८ दिनदेखि प्रहरी हिरासतमा थिए । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4