२३ माघ, महोत्तरी । महोत्तरी जिल्ला अदालतले ३ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक युवकलाई १० वर्ष जेल सजाय सुनाएको छ ।
जिल्लाका प्रमुख न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले गौशला नगरपालिका–२ का १९ वर्षीय कुमार भुजेललाई १० बर्ष कैद सजाय सुनाएको हो ।
भुजेलले १६ कात्तिक २०७३ मा गौशलामा बालिकालाई बलात्कार गरेका थिए ।
गाउँकै बालिकालाई ललाईफकाई जवरजस्तीकरणी गरेको इलाका प्रहरी कार्यालय गौशलाले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले ०७३ मंसिर १२ गते जिल्ला अदातलमा मुद्दा दर्ता गरेको थियो । अदालतले अभियुक्त भुजेलसँग सम्पत्ति नरहेको भन्दै बालिकालाई ५० हजार रुपैयाँ राज्यबाट क्षतिपूर्ति दिन पनि भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4