
१ फागुन, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन् ।
गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘अहिले टुंगिएको त छैन । तर, ढिलो छिटो प्रधानमन्त्री भएर आउँछु ।’
उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए ।
गरिब भएकाले नोबल पुरस्कार पाइनँ
सम्बोधनका क्रममा प्रचण्डले गरिब देश भएका कारण मात्र आफूले नोेबल पुरस्कार नपाएको बताए । शान्ति सम्झौता गर्ने गिरिजाप्रसाद कोइराला र आफू गरिब देशको भएकाले पश्चिमाहरुले त्यति महत्व नदिएको उनको तर्क थियो ।
यद्यपि अहिले पश्चिमाहरुले नेपालको शान्ति प्रक्रियाबारे अध्ययन थालेको थाहा पाएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4