+
+
Shares

सुजनलाई एलिसा मनपरेपछि

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १ गते १२:२१


प्रेम दिवसलाई लक्षित गर्दै एकपछि अर्को गीत सार्वजनिक हुने क्रमम बढेको छ । यसैक्रममा गायक सुजन तिलेगा लिम्बुको आवाजमा समावेश ‘कसम मन पर्यो’ बोलको गीतको भिडियो पनि रिलिज भएको छ । गीतमा शब्द , संगीत र स्वर सुजनकै रहेको छ भने यसको भिडियोमा पनि उनी देखिएका छन् । भिडियोमा सुजनसँगै मोडल एलिसा राइको मोडलिङ छ ।

गीतमा लिम्बु कल्चर झल्काउने भेषभुषा पनि प्रयोग गरिएको छ भने संगीतमा पनि त्यस किसिमका प्रयोग भएको गायक लिम्बु बताउछन् । यस गीतको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने यसलाई अर्जुन तिवारी एण्ड टिमले छायांकन गरेका हुन् । सुप्रिम पराजुली सम्पादक रहेको भिडियोलाई शान थापाले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?