+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

साढे ३३ केजी सुन प्रकरणः अपराध महाशाखाका प्रमुख लोहोनी हेडक्वाटर तानिए

गौरव पोखरेल गौरव पोखरेल
२०७४ चैत २३ गते ४:०९

२२ चैत, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहोनीलाई फिर्ता बोलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र काटेको छ ।

मन्त्रालय स्रोतका अनुसार तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको हत्या भएको घटनामा प्रहरीको भूमिका शंकास्पद देखिएपछि उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउन सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले बिहीबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

लोहोनीको ठाउँमा नयाँ एसएसपी पठाउने तयारी भइरहेको समेत स्रोतको भनाइ छ ।

यसअघि गत १९ फागुनमा गाडीको ढिकीमा मोरङ, उर्लाबारी–७ का ३३ वर्षीय शाक्यको शव भेटिएको थियो । र, घटनाको विषयमा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगरेको भन्दै उजुरी परेपछि प्रहरी मुख्यायल र गृहमन्त्रालयले छुट्टाछुट्टै अनुसन्धान समिति बनाएर छानबिन सुरु गरेको थियो ।

प्रहरीकै मिलेमतोमा सुन गायब भएको हुन सक्ने आशंकामा अनुसन्धान थालिएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले घटनामा संलग्न भएको भन्दै तीन जनालाई पक्राउ गरेको थियो । तर, सुनका मालिक भने अझै फरार छन् ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?