+
+

बुटवल उपमहानगरपालिकाले बनायो २६ कानुन

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ५ गते १७:४८


५ बैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाले स्थानीय सरकार सञ्चालनका लागि २६ वटा कानुन बनाएको छ ।

उपमहानगरपालिका नगर कार्यपालिकाले चैत मसान्तसम्म विभिन्न २६ कानुनहरु निर्माण गरी राजपत्रमा समेत प्रकाशित गरिसकेको प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

नगर कार्यपालिकाले ९ ऐन, २ नियमावली, ८ कार्यविधि, २ निर्देशिका, २ आचारसंहिता, २ मापदण्ड र एउटा नीति निर्माण गरेको हो ।

ती कानुनहरु बुधबार मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरिएको छ । नगर कार्यपालिकाले कार्यसम्पादन नियमावली, वैठक सञ्चालन कार्यविधि, नगरसभा सञ्चालन कार्यविधि, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण नियमावली, कर्मचारी आचारसंहिता सम्बन्धी कानुन बनाएको छ ।

यस्तै उपमहानगरपालिकाका पददाधिकारीको आचारसंहिता, आर्थिक ऐन, विनियोजन ऐन, भवन निर्माण तथा भूउपयोग मापदण्ड, योजना तथा कार्यक्रम कार्यान्यन कार्यविधि, प्रशासकीय कार्यविधि ऐन, नगर शिक्षा ऐन, नगर सहकारी ऐन, कृषि व्यवसाय प्रवर्द्धन ऐन, फोहरमैला व्यवस्थापन ऐन, निर्माण व्यवसाय ऐन, सार्वजनिक निजी साझेदारी नीति, सार्वजनिक निजी साझेदारी ऐन, न्यायिक कार्यविधि लगायतका कानुन नगर कार्यपालिकाले बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?