+
+

सुन तस्करी प्रकरणः गोरेका सहयोगी राम तिवारी समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २२ गते १९:५४

२२ जेठ, काठमाडौं । साढे ३३ केजी सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती उर्फ गोरेका सहयोगी राम तिवारी पक्राउ परेका छन् ।

दक्षिण कोरियाबाट फर्किएका उनलाई प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले पक्राउ गरेको हो । समितिका एक अधिकारीले तिवारी मंगलबार पक्राउ परेको पुष्टि गरे ।

यसअघि सार्वजनिक भएको अपराध महाशाखाका तत्कालिन डिएसपी प्रजित केसी र गोरेबीचको संवादमा तिवारीलाई भेट्न गोरेले आग्रह गरेका थिए । उनी आफ्नो सहयोगी भएको सङ्केत गोरेले गरेका थिए ।

‘त्योसँगसँगै अन्य सबुत, प्रमाणहरुको आधारमा उनलाई पक्राउ गरिएको हो’, समितिका ती अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?