+
+

अपराध महाशाखाले भन्यो – सामाजिक सञ्जाल चलाउँदा संयमता अपनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १३ गते १३:०१

१३ असार, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै अपरिचित व्यक्तिहरुले पठाएको ‘फ्रेण्ड रिक्वेष्ट एसेप्ट’ नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

महाशाखाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विगत केही समयदेखि सामाजिक सञ्जालहरु फेसबुक, ट्वीटर, भाइबर, इमो, इन्टाग्राम लगायतका सामाजिक सञ्जालमा रहेका फोटाहरु तानेर त्यस्ता फोटाहरु विगारेर अश्लिल बनाएर पोष्ट गर्ने गतिविधि बढ्दै गएको छ ।’

साथै, जनमानसमा भ्रम सिर्जना गर्ने कुरा लेखेर विभिन्न व्यक्तिलाई अपमान एवं गाली गलौज गरी कमेन्ट गर्ने जस्ता गतिविधि नगर्न पनि महाशाखाले सचेत गराएको छ ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले त्यस्ता प्रकारको गैरकानुनी काम गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम दुई लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने भन्दै सामाजिक सञ्चालन चलाइदिन संयमता अपनाउन अपिल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?