२० असार, काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई एकान्तकुनाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोलुखुम्बु जिल्लाको साविक तिङ्ला गा.वि.स.–७ का १७ वर्षीय पुन्टे उर्फ युवराज क्षेत्री भन्ने युवराज कटुवाल छन् ।
परिसरका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालका अनुसार अदालतबाट फैसला भएर कैद जरिवाना तोकिए पनि फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
खनालका अनुसार कटुवाललाई ललितपुर जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष ६ महिना ५ दिन कैद सजाय फैसला गरेको थियो ।
उनलाई पक्राउ गरेलगत्तै अदालत पेश गरिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4