+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
53/4 (9.2)
Shares

रिहा लगत्तै अदालत परिसरमै पक्राउ परे प्रकाण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ १ गते १९:१०
फाइल तस्वीर

१ भदौ, काठमाडौं । नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै पुनः पक्राउ परेका छन् ।

रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।

‘केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उहाँलाई फेरि पक्राउ गरिएको हो’, परिसरका डिएसपी मोहन थापाले अनलाइनखबरसँग भने ।

यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुरले उनलाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जसको सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न अादेश दिएको थियो ।

चन्दा असुली गरेको अारोपमा प्रकाण्डलार्इ नेपाल प्रहरीको बिशेष ब्यूरोले २२ साउनमा पक्राउ गरेको थियो ।

यो पनि पढ्नुस् 

विप्लवका प्रवक्तालाई रिहा गर्न सर्वोच्चको आदेश

विप्लव समूहका प्रवक्ता प्रकाण्डद्वारा करोडौं चन्दा उठाएको स्वीकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?