Comments Add Comment

पेस्तोल र ४ राउण्ड गोलीसहित तीनकुनेबाट ७ जना पक्राउ

४ भदौ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी आसपासका मुलुकको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन नजिकिँदै गर्दा राजधानीमा पेस्तोल र ४ राउण्ड गोलीसहित ७ जना पक्राउ परेका छन् ।

बिमस्टेक सम्मेलनका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे बताइरहेको बेला हतियारसहित उनीहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई सोमबार दिउँसो तीनकुनेबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रामेछापका सुजन थापा मगर,  काठमाडौंका रोनी श्रेष्ठ, खोटाङका भुपेन रार्इ, काभ्रेका राजु भण्डारी, भोजपुरका सुमित रार्इ, भक्तपुरका सुरेश श्रेष्ठ र सोलुखुम्बुका मिङ्मा शेर्पा छन् ।

‘एवान रेस्टुरेन्टबाट उनीहरूलार्इ पक्राउ गरिएको हो’, परिसरका प्रमुख एसएसपी वसन्त लामाले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहको छ ।’

यसअघि अाइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका थिए ।

यो पनि पढ्नुस् 

विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment