+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

थारु कल्याणकारिणी सभामा धनीराम, राजकुमार लेखी १२ मतले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १० गते १६:०२

१० भदौ, काठमाडौं । थारु कल्याणकारिणी सभा (थाकस) को सभापतिमा धनीराम चौधरी निर्वाचित भएका छन् ।

काठमाडौंमा बुधबार सम्पन्न अधिवेशनबाट सभापतिमा निर्वाचित चौधरीले ८२ मत प्राप्त गरेका थिए । सभापतिका प्रत्यासीद्वय राजकुमार लेखीले ७० र विश्राम महतोले १० मत पाए ।

तीन दिने अधिवेशनले दिलकुमारी चौधरी, विष्णुकुमारी चौधरी, कृष्णमाया चौधरी, यशोदा चौधरी, सुमित्राकुमारी चौधरी, इन्दु चौधरी, सरस्वती चौधरी, उर्मिला चौधरी र लक्ष्मी चौधरीलाई महिला सदस्यमा निर्वाचित गरेको छ । ९ महिला सदस्यका लागि १३ जनाको उम्मेदवारी परेको थियो ।

केन्द्रीय सदस्यहरूमा भागीरथ राना (कञ्चनपुर), रामचरण चौधरी (कैलाली), मीनराज चौधरी (बर्दिया), नेमनारायण सिंह थारु (बाँके), कृष्णबहादुर थारु (सुर्खेत), चुर्णबहादुर चौधरी (दाङ), जंजीप्रसाद चौधरी (कपिलवस्तु), देवीप्रसाद चौधरी (रुपन्देही) चयन भएका छन् ।

यसैगरी चन्द्रनारणसिंह थारु (महोत्तरी), उत्तम चौधरी (धनुषा), वीरेन्द्र चौधरी (सिरहा), साबित्री चौधरी (सप्तरी), जयराम पञ्जियरा (उदयपुर) नरेश चौधरी (नवलपरासी), राजेन्द्र चौधरी (चितवन), पुनितलाल चौधरी (सुनसरी), कन्नुलाल चौधरी (मोरङ), हरिनारायण चौधरी (झापा), जानकी चौधरी (मकवानपुर), बृजमोहन चौधरी (पर्सा), ह्रदयनारायण चौधरी (बारा) र अधिकलाल चौधरी (रौतहट) पनि केन्द्रीय सदस्य चुनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?