+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सेयर बजारमा १८ अंकको गिरावट, कारोबार रकम करिब ५४ करोड

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १५:५४

१५ असोज, काठमाडौं । सेयर बजार १८ दशमलव ०४ अंकले घटेको छ । साताको दोस्रो दिन सोमबार सेयर बजार १८ दशमलव ०४ अंकले घटेर नेप्से परिसूचक १ हजार २ सय ३८ अंकमा आइपुगेको छ । यसअघि आइतबारको कारोबारमा पनि १० दशमलव ४७ अंकले गिरावट आएको थियो । नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत कमी आएको छ ।

दिनभर ५ हजार ७ सय ९७ कारोबारबाट १७ लाख ६१ हजार ८ सय १७ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५३ करोड ९६ लाख ३ हजार ९ सय ३५ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा कारोबार रकम करिब ५ करोडले घटेको हो । आइतबारको कारोबार ५८ करोड ८५ लाख ६४ हजार ३ सय ४९ रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

सोमबार सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको सेयर कारोबार भएको छ । ७ करोड ८८ लाख ९८ हजार १५ रुपैयाँको कारोबारसहित कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?