+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
87/5 (14.3)
Shares

भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १८:५२

१६, असोज, चितवन ।  चितवनको भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मंगलवार विहान नवलपरासीको अरुणखोलाकी ३० वर्षीया तुलसी मगरको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए ।

उनले गर्भवती महिलामा पल्मोनरी थोन्वोएम्वोलिजम्को समस्या देखिएका कारण मृत्यु भएको दावी गरे । यस्तो समस्या अप्रेसन गरेका विरामी, गर्भवती, क्यान्सर लगायतको रोगका विरामीलाई देखिने गरेको उनले बताए ।

सुत्केरीलाई सोमवार बेलुका १० बजेदेखि समस्या देखिएको र तत्काल आईसीयूमा भेन्टिलेटर राखेर उपचार गरिएपनि बचाउन नसकिएको उनले बताए ।

समस्या देखिएको पाँच घण्टापछि सुत्केरीको मृत्यु भएको डा.अधिकारीले जानकारी दिए । बच्चा भने सकुशल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?