+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

प्रज्ञा प्रतिष्ठानको कुलपतिमा फेरि गंगाप्रसाद उप्रेती

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १३:२३

२१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा डा. गंगाप्रसाद उप्रेतीलाई नियुक्त गरेका छन् ।

यसअघि पनि कुलपति रहेका उप्रेती आगामी चार बर्षका लागि प्रतिष्ठानको कुलपति नियुक्त भएका हुन् । प्रधानमन्त्री ओलीले कुलपति डा.उप्रेतीलाई आइतबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।

कुलपति उप्रेतीले अनलाइनखबरसँगको अन्तर्वार्तामा सरकारले यदि जिम्मेवारी दिन्छ भने आफू फेरि पनि कुलपछि बन्न तयार रहेको बताएका थिए । ‘उप्रेतीले पुनः कुलपति बन्न तयार रहेको बताउँदै भने- यदि सरकारले मलाई मेरो पूर्वजिम्मेवारी र कार्यहरूको मूल्याङ्कन गरेर योग्य ठानी फेरि त्यो जिम्मेवारी दियो भने म सरकारले दिएको जिम्मेवारीलाई स्वीकार गर्न तयार छु ।’ उनले आफूले भनेको हुने भए प्रधानमन्त्री हुन्थेँ पनि भनेका थिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानको सदस्यमा सदस्यमा जगत प्रसाद उपाध्यायलाई नियुक्त गरेका छन् । सदस्य उपाध्यायलाई कुलपति उप्रेतीले पद तथा गोपनियताको सपथ गराए ।

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानले समाजलाई साहित्य र साँस्कृतिक हिसाबले उजिल्याउने काम गर्नुपर्ने बताए ।

उनले नेपाली वाङ्मयका अनेक ढाँचालाई प्रतिष्ठानले प्रष्फुटन गराउनुपर्ने धारणा राखे । ‘साहित्यिक अभियान, राजनीति, शासन सञ्चालन, उत्पादन र बोलिचालीका अनेक ढाँचालाई व्यवस्थित गर्ने काम प्रतिष्ठानको हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?