+
+
Shares

घाँटी मेरो रेटे पनि… भन्दै आए गायक अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ८ गते १६:४२

८ कात्तिक, काठमाडौं । गायक जेन्टल अधिकारीको नयाँ गीत ‘घाँटी मेरो रेटे पनि…’ को म्युजिक भिडियो बजारमा आएको छ । उनले आफ्नो पहिलो गीतको म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक गरेका हुन् ।

म्युजिक भिडियोलाई वीरेन्द्रकुमार साहले निर्देशन गरेका छन् भने प्रतीक श्रेष्ठ, कोपिला मैनाली, अस्मी कार्की र गायक अधिकारीले अभिनय गरेका छन् ।

हरिगोपाल अधिकारीको शब्द गीतमा संगीत र स्वर गायक जेन्टल अधिकारीकै रहेको छ । गायक अधिकारीले आफ्नो पहिलो गीतबाटै दर्शकको माया पाउने अपेक्षा गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?