+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्री ओली अस्वस्थ, नेकपाकै चियापानमा जान सकेनन्

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १० गते १६:२१

१० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् ।

नेकपाले दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरेका थिए ।

सुरुमा प्रधानमन्त्री ओली ३ बजे आउने भनिएको थियो । तर, अन्तिम समयमा आएर सहभागी भएनन् । ‘स्वास्थ्यमा केही समस्या देखिएकाले नआउनु भएको हो । भौतिक रुपमा उपस्थित नभएपनि भावनात्मक रुपमा उपस्थित हुनुहुन्छ’ नेकपाका महासचिव विष्णु पौडेलले सञ्चारकर्मीहरुलाई भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?